पोखरा हर्पन खोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु
पाेखरा | साउन ४, २०८१
पोखरा: पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पनखोलामा पौडी खेल्न गएका २ जनाको डुबेर मृत्यु भएको छ । शुक्रबार हर्पन खोलामा पौडी खेल्न गएका १८ वर्षीय प्रकृत बुद्धचार्य र स्वयं ताम्राकारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने प्रकृत बुद्धचार्य र पोखरा–२ बस्ने १८ वर्षीय स्वयं ताम्राकार रहेका छन् ।
६ जनाको समूहमा हर्पन खोलामा पौडी खेल्न गएका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिका–२६ गुदेतालमा एक बालकको डुबेर मृत्यु भएको छ ।
लमजुङको मध्य नेपाल करापुटार घर भई पोखरा–२६ बस्ने ३४ वर्षीइ बिकाश परियारको ६वर्षीय छोरा सचिन परियारको गुदेतालमा डुबेर मृत्यु भएको हो ।
बुवासँग माछा मारेको हेर्न गएका सचिन अचानक तालमा डुबी रहेको अवस्थामा बुवा र स्थानीयले देखेपछि उद्धार गरेर उपचारको लागि लेखनाथ सिटी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

